प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०१-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-३ सुनई बस्ने ३६ वर्षीय तारा बहादुर चिडीलाई भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।