प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०७९-०४-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ बतासे घर भएका २४ वर्षीय शेखर बास्तोला र  २० वर्षीया रोजिना राउत रहेका छन् । 

काठमाडौं उपत्यकास्थित विभिन्न स्थानहरुमा अपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक संजाल फेसबुक मार्फत महिला परिचालन गरेर फोनको आदानप्रदान गरी सम्पर्क समन्वय गराई झुट्टा मुद्दा लगाई फसाई दिने भन्दै पीडितलाई दबाब मुलक ढंगले डर धम्की तथा त्राश देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुल गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । 

सामाजिक संजालको माध्यमबाट केटीको प्रयोग गरी पुरुष ब्यक्तिहरुसंग कुराकानी गर्ने, अश्लिल कुराकानी गरी उक्त कुराको आधारमा फसाई दिने भन्दै पीडितलाई डर धम्की देखाई मोलमोलाई गरेर बल्याकमेल  गरी ठुलो रकम माग गर्ने, रोजिना राउतको श्रीमान शेखर बास्तोलाले आफूलाई साईबर ब्युरोको प्रहरी निरीक्षक हो भनि परिचय गराएको, दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन रोजिनाले आफ्नै श्रीमानलाई नक्कली प्रहरी निरीक्षक भनि मोलमोलाई गरी मानसिक हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

  उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
लुटपाटमा संलग्न तीन जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ स्रोहखुट्टे नयाँबजार बस्ने २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरण कुमार मोक्तान र टोखा नगरपालिका-१० श्रृजना टोल बस्ने २८ वर्षीय निल कुमार तामाङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ ठमेलमा भारतीय पर्यटकहरूलाई अपरिचित व्यक्तिहरूले होटल खोज्न सहयोग गरी दिन्छु भनि गोंगबु बसपार्क नजिक रहेको धुर्ब तारा कम्प्लेक्सको छैठौ तल्लामा लगी कुटपिट तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं नयाँबजारबाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।  पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रूपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कर्तव्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ
२०८२-०३-२३

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी धौलागिरी गाउँपालिका-३ बस्ने ५० वर्षीय दुर्गा नारायण बुढा र ४९ वर्षीय पर्स बहादुर बुढा रहेका छन् ।  जिल्ला अदालत म्याग्दीको २०५९ फागुन २५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्स बहादुर र सोही अदालतको २०६६ असोज २६ गतेको फैसलाले उक्त मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका दुर्गा नारायणलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-१ बाट पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-२२

भोजपुर, रामप्रसाद राई गाउँपालिका-२ धोत्लेखानी बस्ने आफ्नै ससुरा ६८ वर्षीय बेल बहादुर गिरी समेत ४ जनाको हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका-२ हेलौछा घर भएका ३० वर्षीय राजेन्द्र राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।ससुराली घरमा राजेन्द्रले धारिलो हतियार चक्कु प्रहार गर्दा बेल बहादुर, सासु ४५ वर्षीया मन्जु गिरी, राजेन्द्रकी श्रीमती मनिषा गिरी र सालो ९ वर्षीय सपन गिरीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले राजेन्द्रलाई नियन्त्रणमा लिएको हो । साथै घटनामा घाइते भएका राजेन्द्रको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।