प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

२०८१-०४-२६

  • A
  • A-
  • A+
Share

सुनसरी, धरान उपमहानगरपालिका-५ सेउती पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय बसन तामाङ र धरान उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय रूपेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, दुहवी नगरपालिका-५ फुटबल चोकबाट अवैध लागूऔषध गाँजा करिब ३९ किलो १ सय ग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २३ वर्षीय राम बहादुर राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बा.५७ प १२२४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा बोरा र झोलामा राखिएको ३६ वटा पोकामा रहेको उक्त गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका-१३ बाहुन्नेबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीया रूप बहादुर थिङ समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ बजार लाईनस्थित निर्माणाधिन घरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुजन गुरूङ समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ आदर्श टोल बस्ने ३८ वर्षीय निगु दोर्जे तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, जगरनाथपुर गाउँपालिका-४ सोपुरबाट अवैध लागूऔषध गाँजा १७ किलोग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही गाउँपालिका-२ दसौता टोल बस्ने ६० वर्षीय लक्ष्मण राउत र भारत बिहार राज्य घर भएका २० वर्षीय नयाज आलम रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले लक्ष्मणको साथबाट ९ किलो र नयाजको साथबाट ८ किलो गाँजा फेला पारी पक्राउ गरेको हो । साथै सोही स्थानमा प्रहरीलाई देखि १ जना पुरूषले ५ किलोग्राम गाँजा फाली फरार भएका थिए । प्रहरीले उक्त गाँजा बरामद गरी हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८१-०५-२७

कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ जानकी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने शुक्लाफाँटा नगरपालिका-१ बन्साह घर भएका २० वर्षीय सन्तोष बिष्ट समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिराहा, मिर्चैया नगरपालिका-५ स्कुलटोलबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-२ टुर्किया टोल बस्ने ४० वर्षीया गिता कुमारी साह र मिर्चैया नगरपालिका-५ स्कुलटोल बस्ने ४० वर्षीया प्रमिला देबी साह रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५ मिलिग्राम सहित शिवराज नगरपालिका-६ बस्ने ३६ वर्षीय कमाल अहमद खाँ र २२ वर्षीय अजय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९४ प १४७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, शिवसताक्षी नगरपालिका-२ किसन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अर्जुन कुमार राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट झिलझिलेतर्फ आउँदै गरेको बा.६२ प ३१४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रौतहट, देवाहि गोनाही नगरपालिका-९ धरहरीस्थित राम जानकी मन्दिरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम सहित मन्दिरका पुजारी सोही ठाउँ बस्ने ६५ वर्षीय सिकिन्द्र राय यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, रतुवामाई नगरपालिका-१ चुनीमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय १० मिलिग्राम सहित उर्लाबारी नगरपालिका-५ बस्ने ३० वर्षीय गणेश तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०१-०१६ प ७१३३ ‍नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । यसैगरी मोरङ, रतुवामाई नगरपालिका-२ घरू चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-८ दाम्राभिट्टा बस्ने २६ वर्षीय सुजन मोते र ३१ वर्षीय शिव कुमार लामिछानेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले  उनीहरूलाई उक्त पदार्थ  सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२४ प ९३१५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०५-२६

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय केशव राज भट्ट र २३ वर्षीय भरत जाग्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा दाङ दंगीशरण गाउँपालिका बस्ने ३२ वर्षीय बिक्रम परियार र तुल्सीपुर उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय दिपक गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो ६ सय ४० ग्राम सहित स्याङ्जा फेदीखोला गाउँपालिका-५ बागे घर भएका २४ वर्षीय सौगात परियारलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८१-०५-२५

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध गाँजा करिब २ सय ४० किलोग्राम सहित चितवन राप्ती नगरपालिका-३ झुरझुरे बस्ने २६ वर्षीय विज्ञान तिमल्सिना समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको    छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.४ ख २०६३ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र रहेको उक्त परिमाणाको गाँजा फेला पारी चालक तिमल्सिना समेत दुई जनालाई पक्राउ गरेको हो ।  बाँके, बैजानाथ गाउँपालिका-७ बस्ने २४ वर्षीय सरोज कुमार चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मेराज शेषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।दाङ, लमही नगरपालिका-५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित भारत बलरापुर उत्तर प्रदेश घर भएका २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मारकण्डेय मिश्रलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०५-२४

कैलाली, जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ उच्च गोलौरी बस्ने १९ वर्षीय रबिन चौधरी र १९ वर्षीय राजेन्द्र महतो रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, झापा गाउँपालिका-४ ग्रामथानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५९ मिलिग्राम सहित शिवसताक्षी गाउँपालिका-३ बस्ने २१ वर्षीय पाण्डे भन्ने थरेन्द्र गुरूङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुरूङलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।