अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०३-०९
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ६ सय ग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने भारत चित्रकोट नगर जयपुर राजस्थान घर भएका ४१ वर्षीय अरपित वशल समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बलराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ७० मिलिग्राम सहित सोही गाउँपालिका-५ ईमिलिया बस्ने २६ वर्षीय तिर्थु रानालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-२ बगौरा बस्ने ३३ वर्षीय प्रदिप थारूलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ४० मिलिग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका-२ खरबिन्द्र टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ३५ एम्पुल, बुप्रेनोर्फिन १ सय ३५ एम्पुल र फेनारगन १ सय ३५ एम्पुल सहित सोही गाउँपालिका-१ हनुमान गडिया बस्ने ३८ वर्षीय बिर्जु यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।