अवैध लागूऔषध खैरो हेरोइन सहित पाँच जना पक्राउ
२०८२-०५-१९
- A
- A-
- A+
काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ५५ ग्राम र डिजिटल तराजु १ थान सहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका २६ वर्षीय सुगन लामा, २६ वर्षीय दिनेश लामा, सिराहा धनगढीमाई नगरपालिका-७ घर भएका २६ वर्षीय रविन्द्र महतो, सिराहा अर्नमा गाउँपालिका-२ घर भएका २७ वर्षीय राम ललन ठाकुर र २८ वर्षीय धिरज कुमार महतो रहेका छन् । सुगन र दिनेशलाई काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित रेष्टुरेन्टबाट ४० ग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । यसैगरी रविन्द्रलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट ५ ग्राम सहित तथा राम ललन र धिरजलाई ललितपुर, ललितपुर महानगरपालिका-९ बाट ९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।