अवैध लागूऔषधसहित पाँच जना पक्राउ
२०८१-०४-०८
- A
- A-
- A+
झापा, मेचिनगर नगरपालिका-६ स्थित काँकरभिट्टा बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १० ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दार्जिलिङ खोरीबारी थाना बस्ने २२ वर्षीय अबास राजगर र २२ वर्षीय मफिजुदीन अनसारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेदकोट नगरपालिका-७ कङ्गला पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेल्डाडी गाउँपालिका-४ घर भई बेदकोट नगरपालिका-७ बस्ने २५ वर्षीय रोहित चौधरी र भिमदत्त नगरपालिका-३ बस्ने २८ वर्षीय सुवास चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गौरीगंगा नगरपालिका-४ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम, चरेस जस्तो देखिने पदार्थ २ ग्राम, ४६ हजार ३ सय ८० नेपाली रूपैयाँ र ३७ हजार भारतीय रूपैयाँ सहित सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय सुनिल बहादुर खडायतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमाला र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले सु.प.प्र ०१-०११ प ७६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक सुनिललाई उक्त पदार्थ सहित पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।