अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र स्पास्मो २० ट्याब्लेट सहित मोरङ बेलबारी नगरपालिका-८ बस्ने २८ वर्षीय हेम बहादुर बस्नेतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५६३० नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१ स्थित खोटाङ्गे होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय रविन लिम्बु समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।