अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ
२०८३-०३-२५
- A
- A-
- A+
काठमाडौ, काठमाडौं महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३६ ग्राम ४ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका-५ घर भएका २६ वर्षीय साहिल दाहाल, ३० वर्षीय राजु पोखरेल र सुनसरी इनरूवा नगरपालिका-६ घर भएका २८ वर्षीय तुल्सी पोखरेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।