प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४० जना घाइते

२०७८-०७-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं,  अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको हो । 

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।


सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ३ जनाको शव फेला
२०८३-०५-३१

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार दिउँसो २ बजे सम्म १ हजार ४ सय ३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ९३ जना, नुवाकोटमा २ सय २ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ३५ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ४ गरी कुल ३ हजार १ सय ९० वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय ६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।  बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा २ हजार ८४ जना व्यक्तिहरूलाई राखिएको छ । 

बाढी प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्य सेवा प्रवाहमा सक्रिय नेपाल प्रहरी
२०८३-०५-३०

काठमाडौं, नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजले अस्थायी (फिल्ड) अस्पताल सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका बाढी प्रभावितका लागि नुवाकोटको विदुरमा पाँच शय्याको लेभल-१ अस्पताल भदौ १४ गतेबाट सञ्चालनमा ल्याइएको छ । नेपाल प्रहरी अस्पतालबाट प्रहरी नायब उपरीक्षक सहितको विशेषज्ञ चिकित्सक टोली त्यस ठाउँमा खटिएर कार्य गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढी पश्चातको समयमा विभिन्न रोगहरूको संक्रमण फैलिन सक्ने तथा सामान्य स्वास्थ्य सेवा लिन समेत कठिनाई हुने अवस्थालाई मध्यनजर गरेर नेपाल प्रहरी अस्पतालबाट आवश्यक उपकरणहरू सहितको दक्ष टोलीले उक्त अस्थायी अस्पताल संचालनमा ल्याई सेवा प्रवाह गरिरहेको छ । ’अस्पतालले विशेषज्ञ चिकित्सक सहितको २४ सै घण्टा आकस्मिक सेवाका साथै ओपिडी र औषधी लगायतका सुविधाहरू सेवाग्राहीहरूलाई नि:शुल्क प्रदान गरिरहेको छ । हालसम्म लेभल-१ अस्पतालबाट २ सय ३६ जना बाढी प्रभावितहरू स्वास्थ्य सेवाबाट लाभान्वित भईसकेका छन् । विपद्का कारण प्रभावित व्यक्तिहरूमा पर्ने मानसिक असर तथा तनावलाई सम्बोधन गर्न नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तको टोलीबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक एवम् त्यस क्षेत्रमा उद्दार कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई लक्षित गरी मानसिक स्वास्थ्य परामर्श समेत प्रदान गरिएको छ । साथै होल्डिङ सेन्टरहरूमा ठुलो संख्यामा मानिसहरू बस्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने अवस्थामा नेपाल प्रहरीको चिकित्सक टोली त्यहाँ पुगि संक्रमणबाट जोगिने उपायका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालनका साथै नि:शुल्क स्वास्थ्य परिक्षण र औषधी ‍वितरण गरी सेवा प्रदान गरिरहेको छ । हाल सम्म विभिन्न होल्डिङ सेन्टरमा रहेका ८ सय ४९ जना व्यक्तिहरूले परामर्श तथा स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यसका साथै बाढीमा बेपत्ता भएका तथा बेवारिसे शवहरूको पहिचान सहज बनाउन फिल्ड अस्पतालले डीएनए नमुना संकलन समेत सञ्चालन गरिरहेको छ ।नेपाल प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. नारायण प्रसाद अधिकारी भन्नुहुन्छ, ‘लेभल-१ अस्पतालले बाढी पश्चात प्रभावित क्षेत्रहरूमा हैजाको महामरीको जोखिमलाई दृष्टिगत गरी  विश्व स्वास्थ्य संगठनका कन्ट्री हेडसँगको समन्वयमा नुवाकोट जिल्लामा राहत तथा उद्दार कार्यमा संलग्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई हैजा महामारी सम्बन्धी सचेतनाका साथै खोप कार्यक्रम समेत संचालन गरिरहेको छ । ’

बाढीले पुरिएको ११ औं दिनमा एक महिलाको जीवितै उद्दार
२०८३-०५-२०

नुवाकोट, त्रिशूलीको विनाशकारी बाढीमा पुरिएको घरबाट ११ औं दिनमा एक महिलाको प्रहरीले शनिबार जीवितै उद्धार गरेको  छ । प्रहरीले विदुर नगरपालिका-१० बेत्रावती बस्ने आनन्द लाल श्रेष्ठको श्रीमती ६४ वर्षीया चण्डीका श्रेष्ठको जीवितै उद्दार गरेको हो । प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा आवश्यक खोजी कार्य गरिरहेको थियो । सोही क्रममा आनन्द लालको ४ तल्ले घरको छतमा पुगेपछि भित्रबाट आवाज आएको  सुनिएको कुरा प्रहरी निरीक्षक दर्नालले बताए । त्यसपछि पर्खालमा सानो प्वाल बनाएर सोधी खोजी गर्दा भित्रबाट बचाउ-बचाउ भन्ने आवाज सुनियो । त्यसपछि पर्खाल फुटाएर उनको उद्दार गर्न हामी सफल भएका हौं उनले बताए । उद्दार कार्यमा स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायले समेत आवश्यक सहयोग गरेको थियो ।  उद्दार गरिएकी महिलालाई नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं पठाइएको छ । हाल उनको अवस्था मध्यम (बोल्न सक्ने) रहेको बताइएको छ ।  बाढीका प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरीले स्थानीय तह एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

बाढी तथा पहिरोमा परी ६ जनाको मृत्यु, ६ जना घाइते, २९ जना बेपत्ता
२०८०-०३-०४

काठमाडौं, अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवम् पहिरोमा परी सोमबार दिउँसोसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३ जना, पाँचथरमा १ जना र नुवाकोटमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन् ।  साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी संखुवासभामा २१ जना,  ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी जम्मा २९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।  बाढी एवम् पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । 

बाढी, पहिरो र डुबानमा परी हालसम्म १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता
२०७८-०७-०५

काठमाडौं, अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो ।  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८  वटा घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ जना घाइते
२०७८-०७-०३

काठमाडौं, अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।  साथै १ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी जम्मा १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १ सय ३४ वटा विपद्‍का घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् । कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका-५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका-४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका-४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका-६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका-३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार-मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका-५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।