प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७८-०८-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, रोल्पा, सुनिलस्मृती गाउँपालिका-४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका-४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका-१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा.१ ज ४०५ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपमा सवार उनको साथबाट उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।
    कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैया नजिकबाट करिब १० ग्राम ४ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बस्ने १९ वर्षीय राम सिंह र भारत उद्धमसिहनगर थाना नानकमत्ता ग्राम ज्ञानपुर गौरी बस्ने २३ वर्षीय धरमबिर सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
    बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट ९ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित नेपालगंज उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय तैयब अलि अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भे.५ प ९१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
    पर्सा, वीरगंज महानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल नुफ्रिन, ५ सय एम्पुल डाइजेपाम र ५ सय एम्पुल प्रोमिफाइजाम हाईड्रोक्लोराइड सहित भारत विहार मोतीहारी बस्ने ८० वर्षीय विजय कुमार कपुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले परवानीपुरबाट हेटौंडातर्फ जानका लागि गाडी कुरेर बसिरहेको अवस्थामा झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०२-०२

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ जोरपाटी बेसीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ६ सय ४० मिलिग्राम सहित ७ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका-८ बस्ने ३७ वर्षीय बिक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देबेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिङगलस्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, पथरीशनिश्चरे नगरपालिका-८ कुशल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार २ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ३ सय २० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुबारीबाट नियन्त्रित लागूऔषध स्पास्मो ४ सय ८० ट्याब्लेट सहित सोही नगरपालिका-११ मसिना बस्ने ३३ वर्षीय बर्कत अलीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिदहबाट खटिएको प्रहरीले भारतबाट खुनगाईतर्फ आउँदै गरेको लु.४७ प ३८११ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   झापा, कनकाई नगरपालिका-५ चाप्रमारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २६ वर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका-६ बस्ने २० वर्षीय प्रदिप रसायली रहेका छन् । अस्थायी प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, गोदावरी नगरपालिका-२ स्थित आर बि होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित होटलका संचालक सोही ठाउँ बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-७ घर भएका ३६ वर्षीय तिलक बहादुर वली समेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-४ बस्ने ३० वर्षीय तेज बहादुर बिटालु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने १९ वर्षीय सोहन नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले से.१ ह २२११ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि प्रहरीले अटो चालकलाई समेत नियन्त्रणमा लिएको छ ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय दिच्छु चौधरी समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.६२ प २९७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन धामीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनकुटा, साँगुरीगढी गाउँपालिका-३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई अवैध लागूऔषध गाँजा करिब ९२ किलो सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय राजारानी समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ गजरौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गुलरिया बस्ने ३१ वर्षीय पारस जोशी, सोही नगरपालिका-६ मौरीफाटा बस्ने २३ वर्षीय भरत रोकाया र सोही नगरपालिका-७ कलुवापुर बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा २१ किलो ३ सय १० ग्राम सहित पर्सा बिन्दबासिनी गाउँपालिका-४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करिब १ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ
२०८३-०२-०१

सप्तरी, खडक नगरपालिका-५ रंजितपुरबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४३ किलो सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८३-०२-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित सिराहा लहान नगरपालिका-२३ बस्ने २७ वर्षीय राकेश कुमार चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले लहानबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०१-००१ ख ०६४४ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय सुशिल कुमार राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०२-०१

रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ मधवलिया बस्ने २२ वर्षीय दिपेश थारू र सोही नगरपालिका-१४ बस्ने ३२ वर्षीय रबिन गुरूङ रहेका छन् । लागूऔषध नियन्यत्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.७ प २०९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ शान्तिचौर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम, गाँजा १९ ग्राम ४ सय ७० मिलिग्राम र नगद १७ हजार ९ सय ५५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर पुनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी नवलपरासी पश्चिम, सुनवल नगरपालिका-९ स्वाठीबाट नियन्त्रित लागूऔषध स्पास्मो ६४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही नगरपालिका-६ तिलकाना बस्ने ३४ वर्षीय खडक बहादुर रोका र २२ वर्षीय सुमन गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले लु.१८ प ७११९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिविर क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्रासेन २३ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रूपेश सार्की, २१ वर्षीय आयुष क्षेत्री र २४ वर्षीय जिवन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही नगरपालिका-७ बैदी बस्ने २० वर्षीय पुष्प साउद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३० वर्षीय कुबेर बनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.७८ प १५१५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-१४ बस्ने २५ वर्षीय पारस रानाभाटलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ प २९७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१५ घर भएकी २२ वर्षीया सजिना लामा पाख्रिन समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले सजिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।    सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धरान उपमहानगरपालिका-११ बस्ने २२ वर्षीया दिपिका राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
२०८३-०१-३१

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन ८३ ग्राम र डिजिटल तराजु १ थान सहित उदयपुर चौदण्डीगढी नगरपालिका-५ घर भएका ३१ वर्षीय केदार राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-४ कार्गीलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय हिक्मत बहादुर साउदलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।