प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध अफिम तथा भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८३-०२-०१

  • A
  • A-
  • A+
Share

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ होबाङ बस्ने विर बहादुर तामाङलाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ५० किलोग्राम, भरूवा बन्दुक १ थान र डिजिटल तराजु १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ र बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०४-३१

ललितपुर, ललितपुर महानगरपालिका-२७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम,  गाँजा २ सय ४० ग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ८२ ट्याब्लेट र डाइक्लोमाइन २० ट्याब्लेट सहित सोही महानगरपालिका-२७ सुनाकोटी डेरा गरी बस्ने सुर्खेत घर भएका ३२ वर्षीय दिपेश मगर भन्ने दिपेश मास्केलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, बसबरीया गाउँपालिका-१ मानपुर टोल बस्ने ७५ वर्षीय राम प्यारे रायलाई अवैध लागूऔषध गाँजा ७ सय ३९ ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली पुलबाट अवैध लागूऔषध गाँजा करिब १४ किलोग्राम सहित काठमाडौं पेप्सीकोला बस्ने काभ्रे रोशी गाउँपालिका-७ थानसिङ घर भएका १९ वर्षीय राम लामा समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट ताथलीबाट खटिएको प्रहरीले बनेपाबाट च्याम्हासिंहतर्फ आउँदै गरेको बा.प्र.०२-०६१ प ९५६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-१ बिर्तासिटी अस्पताल अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ डेरा गरी बस्ने इलाम घर भएका २४ वर्षीय दावा गुरूङलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी झापा, दमक नगरपालिका-२ मातृ भुमी पार्टी प्यालेस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २० वर्षीय पंकज कार्की समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.९ प २८५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६४ मिलिग्राम सहित मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय समिर बुढा मगर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यलाय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम  सहित गोदावरी नगरपालिका-८ बस्ने २९ वर्षीय प्रेम बहादुर बमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । धनकुटा, पाख्रीबास नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ३० ट्याब्लेट र स्पास्पेन १ सय ३० ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय निरज भट्टराई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, कानेपोखरी गाउँपालिका-२ थान टोल बस्ने ३५ वर्षीय रेवत कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ६० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले रेवतको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-१२ मुनाल चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट र फेनारगन १ सय १० एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय अर्जुन देउला समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१४ बस्ने २० वर्षीय सुमित पटेल समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  ईनर्वा समेतबाट खटिएको प्रहरीले भारत रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बि.म.न.पा. १ ह १०८७९ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५० ग्राम ७ सय मिलिग्राम सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पकाहा मैनपुर गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्साद देवन र बिन्दबासिनी गाउँपालिका-५ बस्ने २२ वर्षीय सनप्राज शेख रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, शुक्लागण्डकी नगरपालिका-७ टुडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित स्याङ्जा घर भएका २९ वर्षीय सुमन बस्याललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलो ८ सय २० ग्राम सहित हरिवन नगरपालिका-१ घुर्कौली बस्ने ३० वर्षीय सुशिल साह समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले म.प्र.०३००१ ह २४४५ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सिन्धुली दुधौली नगरपालिका-११ टाँडी घर बताउने २९ वर्षीय ओमराज कटुवाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १४२० नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०४-३०

कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङले सोही महानगरपालिका-२५ हेम्जास्थित डेरा कोठामा लागूऔषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ८ सय ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रसान्त मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, लेटाङ नगरपालिका-३ विरनटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय निमेस घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१० शिवनारायण टोल बस्ने ४१ वर्षीय मोहन गुरूङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोहनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ सय ४९ ग्राम ३ सय ६० मिलिग्राम   सहित बढैयाताल गाउँपालिका-२ बस्ने ५२ वर्षीय दिवे सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ । धनुषा, विदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय उमेश मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ४० वर्षीय सन्तोष राजबंशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटि सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरीसिद्दी गुमथचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र अवैध लागूऔषध पोलेन ४ ग्राम सहित सोही ठाउँ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-२ घर भएका २५ वर्षीय सुरज तामाङ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग हरीसिद्दीबाट खटिएको प्रहरीले ना.३३ प ६४५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय १० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाजुरा घर भएका २९ वर्षीय खगेन्द्र बहादुर राउतलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय क्रिस बम समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, ब्यास नगरपालिका-९ माझफाँट बस्ने ३० वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ५० ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उदयपुर, कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय सलम खान समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-२९

चितवन, रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीय आशिष पुरी र सोही नगरपालिका-७ बागमारा बस्ने ३८ वर्षीय दिनेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र फेनारगन ४ एम्पुल सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने धनकुटा घर भएका २३ वर्षीय मनोज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी पोखरा महानगरपलिका-३२ खुदीखोलाबाट नियन्त्रित लागूऔषध नोर्फिन २० एम्पुल, डाईजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नगद २१ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२२ पुम्दीभुम्दी बस्ने २१ वर्षीय शौरभ परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यलाय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ टरिगै बस्ने सरद पाण्डे र उनकै श्रीमती भिमा भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १२ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ प्रगतिटोलस्थित मासु पसल संचालन गरी बस्ने ३२ वर्षीय साजन श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र प्रोमेथाजाइन ३ सय २५ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-५ नयाँबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ गरामनी बस्ने २१ वर्षीय अजय रेग्मीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने गौरीगंगा नगरपालिका-८ घर भएका २० वर्षीय अबिनाश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको   हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अस्रफ मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०४-२९

सुनसरी, धरान उपमहानगरपालिका-८ आकाश चोकबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ७० ट्याब्लेट र स्पास्पेन ८ सय ६५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय मनोज पाण्डे समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, कञ्चन गाउँपालिका-२ गौरीडाँडा बस्ने ५३ वर्षीया मिना कुमारी मगरलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ४ सय ग्राम र चरेस जस्तो देखिने पदार्थ २ सय १० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०४-२८

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम २ सय १० मिलिग्राम सहित अर्जुनधारा नगरपलिका-११ बस्ने २३ वर्षीय मानजित करूवालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  इलाम, चुलाचुली गाउँपालिका-३ पेल्टिमारी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ८० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय अमर राई र २४ वर्षीय बिकास गिरी रहेका छन् । प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ उल्टी मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ४ ग्राम १ सय १० मिलिग्राम सहित भारत बिहार अररिया पतरा पंचायत-६ बस्ने १९ वर्षीय ईस्मत उल्हा लाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटे पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट र स्पास्पेन १ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय बुद्ध लिम्बु समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो ।  सिन्धुली, दुधौली नगरपालिका-६ पोखेरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ९ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पारेस्ट ८० ट्याब्लेट सहित सुनसरी बराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बस्ने २९ वर्षीय बिबेक शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले बा.४ ख ६०३४ नम्बरको हायसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-८ नागढुङ्गा डेरा गरी बस्ने स्याङजा घर भएका २१ वर्षीय मोहमद ईसाक सरिकलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम, टापेन्टाडोल ३ सय ६६ ट्याब्लेट र ट्रामाडोल ७ सय ९० ट्याब्लेट सहित बुधवबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-१४ युनिटी टोल बस्ने २६ वर्षीय आबिस्कार सारू मगरको समेत संलग्न रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ९ हजार ट्याब्लेट पारी उनलाई समेत पक्राउ गरेको छ ।  कञ्चनपुर, बेदकोट नगरपालिका-३ समादैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ सहित बेलडाँडी गाउँपालिका-१ बस्ने २५ वर्षीय रोहित भण्डारी समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  गुल्मी, मदाने गाउँपालिका-६ पुर्कोटबजारबाट नियन्त्रित लागूऔषध प्रेगाब्लिन ३९ ट्याब्लेट र क्लोनाजेपाम २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन कुँवरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।