प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८२-०९-२७

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, कृष्णनगर नगरपालिका-१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

स्याङ्जा, विरूवा गाउँपालिका-६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरू सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८३-०१-०२

उदयपुर, उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ । स्याङ्जा, विरूवा गाउँपालिका-७ चित्लाङ बस्ने ४६ वर्षीय केश बहादुर गुरूङलाई एकनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केश बहादुरको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी विरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।