प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेल्दा खेल्दै एकै रातमा ३९ जना पक्राउ

२०८०-०७-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

काठमाडौं, नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका-५ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो । 

स्याङ्जा, पुतलीबजार नगरपालिका-८ बाहाकोट घर भई सोही नगरपालिका-४ नौडाँडामास्थित भिम बहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भिम बहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रूपैयाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरेको हो । 

डडेल्धुरा, अमरगढी नगरपालिका-२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । 

अछाम, पञ्चदेवल बिनायक नगरपालिका-३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार १ सय रूपैयाँसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८१-०३-३०

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८१-०३-२०

तनहुँ, ब्यास नगरपालिका-५ ठुलोघुम्ती बस्ने ४३ वर्षीय याम बहादुर कुमालको घरमा जुवातास खेलिरहेको अवस्थामा  याम बहादुर समेत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले  उनीहरूलाई नगद २५ हजार ९ सय ९५ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने पर्वत मोदी गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुर्य भारतीको कोठामा जुवातास खेलिरहेको अवस्थामा भारती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ७ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।