एकनाले भरूवा बन्दुक सहित २ जना पक्राउ
२०८३-०३-१८
- A
- A-
- A+
पाँचथर, मिक्लाजुङ गाउँपालिका-६ कन्याटारबाट एकनाले भरूवा बन्दुक सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय दिलबिर माखिम र सोही गाउँपालिका-५ कुरूम्बा बस्ने ३७ वर्षीय मन कुमार माखिम रहेका छन् ।
इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरीले प्र.१-०१-१४ प ६०४५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।