नेपाल प्रहरीको महिला भलिबल टिम फाइनल प्रवेश
२०७९-०७-०१
- A
- A-
- A+
म्याग्दी, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्यागदीमा मंगलबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
म्यागदीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५-१०, २५-१८ र २५-११ को सोझो सेटमा पराजित गरेको हो ।
नेपाल पुलिस क्लबले कात्तिक २ गते सशस्त्र प्रहरी बलको महिला भलिबल टिमसँग फाइनल खेल खेल्नेछ ।