प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षकबाट अमेरिका र वेस्ट इन्डिज जान लागेका खेलाडीलाई शुभकामना सहित विदाइ

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैशाख नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गर्नुभएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गर्नुभयो । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उहाँले   बताउनुभयो । 

यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय टिमलाई बिजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई आग्रह गर्नुभयो ।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-३ वरबोटस्थित भानुभक्त माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, दुर्व्यसनमा लाग्नुको कारण, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका तथा कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-५ कुमिकोटस्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तर्फबाट लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, लागूऔषधको परिचय, प्रकार, असर, बच्ने उपाय, दुर्व्यसनका चरणहरू र कानूनी प्रावधान बारेमा प्रस्तुतीकरण गर्दै लागूऔषधको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा जातिय विभेदको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले जातिय छुवाछुत, भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-३१

प्युठान, माण्डवी गाउँपालिका-२ मार्कवाङस्थित सुन्नानो आधार माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्दै गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, मल्लरानी गाउँपालिका-२ कुडारास्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा  मल्लरानी गाउँपालिका प्युठानले कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लिंग र लैंगिकको भिन्नता, लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, हिंसा भएमा उजुरी गर्ने तरिकाको बारेमा प्रस्तुतीकरण गर्दै हिंसा र अपराधबाट बच्न अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले प्युठान जिल्लामा रहेका दलितहरूको तथ्याङ्क, जातिय छुवाछुत तथा भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा लागूऔषध र जातिय विभेद सम्बन्धी जनचेतनामुलक भिडियो समेत प्रस्तुत गरिएको थियो । मल्लरानी गाउँपालिकाका कार्यवाहक वडाअध्यक्ष गणेश बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२८

प्युठान, नौबहिनी गाउँपालिका-६ लिङबहानेस्थित गंगा माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ बिहीबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक कृष्ण राना मगरले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गंगा माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-२७

प्युठान, जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानको आयोजनामा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ ऐरावती गाउँपालिका-२ स्थित मोति माध्यामिक विद्यालयमा बुधबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो ।