प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई २१ स्वर्ण

२०७९-०६-३१

  • A
  • A-
  • A+
Share

कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २१ स्वर्ण, १० रजत र १८ कास्य गरी कुल ४९ पदक प्राप्त गरेको छ । 

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, १ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, करातेमा ४ स्वर्ण, २ रजत र २ कास्य, टेबल टेनिसमा ३ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण,२ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, २ रजत र ७ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र १ कास्य, भारोत्तोलनमा ३ स्वर्ण र १ रजत, लन टेनिसमा २ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण गरी कुल ४८ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ८ स्वर्ण, ५ रजत र ९ कास्य एवम् पुरूषतर्फ १३ स्वर्ण, ४ रजत र ९ कास्य पदक जित्न सफल भएका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा आइतबार देखि शुरू भएको भारोत्तोलनमा प्रतियोगितामा महिला ४५ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी हिरामोती थारूले स्वर्ण जितेकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । साथै प्रतियोगिता अन्तर्गत नेपाल पुलिक क्लबका संगिता राई र मुई लामाले समेत स्वर्ण जितेका छन् भने दिलिप यादवले रजत जितेका छन् ।  प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ गरी १०-१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् । 

यसैगरी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा ब्याडमिन्टन कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धामा  पुरूषतर्फ नेपाल पुलिस क्लबले कास्य पदक प्राप्त गरेको छ । यस्तै पोखराको सभाहलमा आइतबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका डेभिड बलामीले स्वर्ण जितेका छन् । ६० केजी तौलतर्फको प्रतिस्पर्धामा उनले स्वर्ण जितेका हुन् ।  

यसैगरी पोखराको फिसटेल एकेडेमीमा आइतबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ८०० मिटर फ्रिस्टायल रिलेमा युवान लाल श्रेष्‍ठ, सनिल कुमार थापा मगर, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले ८ मिनट २७:८९ सेकेन्ड समयका साथ स्वर्ण जितेका छन् । महिलाको ८०० मिटर फ्रिस्टायलतर्फ भएको प्रतिस्पर्धामा नेपला पुलिस क्लबकी आर्य महर्जनले रजत र समिरा शोभा थापा मगरले कास्य पदक जितेका छन् । सोही प्रतियोगिता अन्तर्गत ५० मिटर ब्रेष्टस्ट्रोकको पुरूषतर्फ नेपाल पुलिस क्लबका दिपंकर अवालले कास्य पदक प्राप्त गरेका छन् । महिलाको २०० मिटर फिस्टायलमा नेपाल पुलिस क्लबकी आर्य महर्जनाले रजत र समिरा शोभा थापाले कास्य जिते । साथै ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबकी अदिप्सा वैध, आर्य महर्जन, समिरा सोभा थापा मगर र मेगन गुरुङले कास्य पदक प्राप्त गरे । 

यसैगरी पोखराको प्रदर्शनी केन्द्रमा शनिबार सम्पन्न भएको फुलकन्ट्‍याक्ट कराते प्रतियोगितामा नेपाल पुलिस क्लबले १ स्वर्ण, १ रजत र १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत पुरूतर्फको ५५-६० केजी तौल समूहमा नेपाल पुलिस क्लबका सुशान लामिछानेले स्वर्ण जितेका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको ४०-४५ केजी तौल समहूमा नेपाल पुलिस क्लबकी अञ्जना ढुंगेलले रजत तथा खुलातर्फ अमिर देउलाले कास्य पदक प्राप्त गरेका थिए । 

यसैगरी पोखरा रंगशालामा आइतबार भएको एथलेटिक्स प्रतियोगिता अन्तर्गत हाईजम्पमा नेपाल पुलिस क्लबका रेशन कुमार दनुवारले १.७५ मिटर उचाई नाघेर कास्य पदक जित्न सफल भए । 

यसैगरी पोखराको कोल्माबहकोट समाज हलमा आइतबार भएको टेबल टेनिस प्रतियोगिता अन्तर्गत मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । उक्त ईभेन्टमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ११-७, ५-११, ८-११,११-५, ९-११ को ३-२ ले पराजित गर्दै स्वर्ण जितेको हो । साथै वुमन्स डबलतर्फ नेपाल पुलिस क्लबले रजत र कास्य पदक प्राप्त गरेको छ । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३०मिटर)विधाको एकल पुरूषतर्फ नेपाल पुलिस क्लबका नगेन्द्र आचार्य फाइनल प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनल खेलमा उनले गण्डकीका कृष्ण भण्डारीलाई ७-३ सेटले पराजित गरेका हुन् । 


सम्बन्धित समाचार
हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०६-२०

काठमाडौं, विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा काँडाघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।  

नेपाल प्रहरीको महिला भलिबल टिमलाई काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि
२०८१-०६-०६

काठमाडौं, मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि नेपाल प्रहरीको महिला भलिबल टोलीले हासिल गरेको छ ।प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको हो । प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए । 

हेभी सवारी चालक तालिम सुरू
२०८१-०६-०२

 काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने १५ औं समूहको हेभी सवारी चालक तालिम सुरू भएको छ ।सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन   गर्नुभयो । कार्यक्रममा प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३० दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८१-०५-३०

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५२औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक बोहराले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २१ जना र प्रहरी जवान ३९ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न
२०८१-०५-३०

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा संचालित ३४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।उक्त अवसरमा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारा देवि थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ-आफ्नो कार्य क्षेत्रमा जिम्मेवारी पूर्वक त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ८ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक तथा प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
२०८१-०५-२८

काठमाडौं, नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी निरीक्षक पदका लागि ६४ जना र प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ५६ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।  प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।