प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ किलो ६५४ ग्राम कोकिनसहित तीन जना पक्राउ

२०८१-०२-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध लागूऔषध कोकिन २ किलो ६ सय ५४ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा युगान्डाका नागरिक ४४ वर्षीया KEVINA MUGALA र LILLIAN SUSAN WANYENZE तथा भारतीय नागरिक ३३ वर्षीया दिवाजानी पाल रहेका छन् ।

 लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले KEVINA लाई १ किलो २ सय ६० ग्रामसहित आइतबार काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।  थप अनुसन्धानको क्रममा WANYENZE लाई १ किलो ३ सय ९४ ग्राम कोकिनसहित र उक्त लागूऔषधको कारोबारमा संलग्न दिवाजानीलाई ठमेल धोविचौरस्थित होटेलबाट बुधबार पक्राउ गरेको हो ।  

 उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०८१-०३-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे पिपलबोटबाट  अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित महोत्तरी एकडाँडा गाउँपालिका-४ बस्ने २८ वर्षीय राम लोप्चन ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.४ ख१९३४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमित चौधरी र २० वर्षीय अमृत हलवाई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय राकेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बर्दिया, राजापुर नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित बढैयाताल गाउँपालिका-३ भोलागौडी बस्ने २६ वर्षीय करण सिंह सुनारसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोठियाघाट र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले नेपालगंजदेखि राजापुरतर्फ जाँदै गरेको भे.१ ज ११११ नम्बरको गाडीमा उक्त पदार्थ फेला परी गाडी चालक सुनार समेत दुवै जनालाई पक्राउ गरेको हो ।सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडि बसपार्कस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्रामसहित लहान नगरपालिका-८ बस्ने किशोरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी सिराहा, मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० मिलिग्रामसहित सोही नगरपालिका-९ सुन्दरपुर बस्ने २५ वर्षीय सुन्दर कुमार महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले कमलदहबाट मटिअर्वातर्फ आउँदै गरेको मधेश प्रदेश-०२-००७ प ८८७८ नम्बरको मोटरसाइकलको बाँया साईडको इन्डिकेटरमा प्लाष्टिकमा बेरी राखिएको अवस्थामा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक महतोलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

४ किलो ५०४ ग्राम कोकिनसहित ४ जना विदेशी नागरिक पक्राउ
२०८१-०३-०६

काठमाडौं, अवैध लागूऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकहरूलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक ६८ वर्षीय DONALD JACKSON MABUGA, बोलिभियन नागरिक ३३ वर्षीया LAURA CRUZ TICONA, भेनेजुलियन नागरिक ३९ वर्षीय SIMON ANTONIO ALFONZO RADA र भारतीय नागरिक २७ वर्षीया LALRUATSANGI  रहेका छन् । काठमाडौं महानगरपालिका-१६ ठमेलस्थित होटलबाट DONALD लाई १ केजी २ सय ६ ग्राम कोकिनसहित जेठ २७ गते पक्राउ गरेको हो ।  फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई १८ क्याप्सुल कोकिन सहित पक्राउ गरिएको थियो । थप अनुसन्धानको क्रममा उनले कोकिनका क्याप्सुलहरू निलेर काठमाडौं आएको खुल्न पश्चात नेपाल प्रहरी अस्पताल महाराजगंज लगिएकोमा थप ५९ क्याप्सुलहरू समेत गरी जम्मा ७७ वटा क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन बरामद गरिएको हो । हाल उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । यसैगरी इमिरेट्सको उडानद्वारा ब्राजिल हुँदै काठमाडौं आएकी LAURA CRUZ लाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट महिलाहरूले प्रयोग गर्ने १ सय २१ वटा फेन्सी लुगाहरूमा भएका बटनहरूभित्र लुकाई छिपाई  राखिएको २ किलो १ सय ग्राम कोकिन सहित जेठ ३० गते पक्राउ गरेको हो । यस्तै कतार एअरको उडानद्वारा नेपाल आएका SIMON ANTONIO लाई काठमाडौं महानगरपालिका-२६ स्थित  होटलबाट ९२ वटा क्यासुलबाट १ किलो १ सय ९८ ग्राम कोकिनसहित असार ४ गते पक्राउ गरेको हो । अनुसन्धानको क्रममा निजले उक्त क्यासुलहरू ब्राजिलको सापाउलोबाट निलेर पेटभित्र लुकाई छिपाई गरी ल्याएको खुल्न आएको छ । साथै उक्त  कोकिनका क्यासुलहरू डेलिभरी दिने क्रममा LALRUATSANGI लाई समेत सोही स्थानबाट पक्राउ गरेको हो । उनले उक्त कोकिनका क्यासुलहरू भारतको नयाँ दिल्ली सम्म लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारवाही भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०३-०५

सिराहा, मिर्चैया नगरपालिका-२ मलहिनिया पिडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही ठाउँ बस्ने ३१ वर्षीय नरेश कुमार साफी समेत २ जनालाई  मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड चकटे रेष्टुरेण्टबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही महानगरपालिका-१७ बिरौटा बस्ने २० वर्षीय सजोक क्षेत्री समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०३-०५

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ बस्ने १९ वर्षीय दिपेश तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र  बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित नवलपरासी रामनगर नगरपालिका-१ बस्ने  २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रम्हदेवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रम्हादेवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २५ वर्षीय शुसिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको   हो ।रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३५ मिलिग्रामसहित बुटवल उपमहानगरपालिका-११ कालीकानगर बस्ने २८ वर्षीय विजय श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

२ सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ
२०८१-०३-०४

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३  नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकचालक उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
२०८१-०३-०४

काठमाडौं महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलेरिया नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।