एक किलो ५ सय ग्राम कोकिन सहित तीन जना विदेशी नागरिक पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ५ सय ग्राम सहित ३ जना विदशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सेनेगलका नागरिक ४३ वर्षीय AMADOU SARR, भारत Khanpur Village, South Delhi बस्ने ३६ वर्षीया RUBI र ३१ वर्षीया SONY रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त कोकिन फेला पारी AMADOU SARR लाई मंगलबार पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा उक्त कोकिन लिन आएका RUBI र SONY लाई सोही होटलबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।