अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०२
- A
- A-
- A+
नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-७ व्यारेस पुलबाट नियन्त्रित लागूऔषध स्पास्मो ७ सय १८ पीस, नाइट्राभेट १५ पिस र एकसय एमएलको २ बोतल वनरेक्स सहित भारत विहार पश्चिम चम्पारन वाल्मिकी नगर लव कुसघाट बस्ने ४५ वर्षीय विनोद सहनीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय त्रिवेणी र सशस्त्र प्रहरी बल नेपाल विओपि त्रिवेणीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।