अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०३-२०
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-८ भादाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बंगलामुखी टोल बस्ने २२ वर्षीय किशोर बुढाथोकीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा ७ किलोग्राम सहित पाख्रिवास नगरपालिका-८ बस्ने ४६ वर्षीय भिम बहादुर राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना.४ ख ६३१८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय शिव राज रानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट मनेहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।