महिला विरुद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने व्यक्ति पक्राउ
२०७९-११-०५
- A
- A-
- A+
काठमाडौं, महिला विरूद्ध अपमानजनक तथा अमर्यादित कार्य गर्ने कार्यमा संलग्न रहेको अभियोगमा झापा दमक नगरपालिका-५ मनकामना टोल घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने गैरीगाउँ बस्ने ४६ वर्षीय डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
विद्युतिय सञ्चार माध्यमद्वारा पीडित महिला विदेश रहँदा बस्दाको सम्बन्धमा शिष्टाचार विरुद्धका घृणा एवम् द्वेष फैलाउने गरी अमर्यादित शब्द सामाग्रीहरू अभिव्यक्त गर्ने कार्यमा संलग्न उनलाई साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।