प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०२-१५

  • A
  • A-
  • A+
Share

अर्घाखाँची, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालारानी गाउँपालिका-७ बामरुक कोईराल टोल बस्ने ३५ वर्षीय कमल महतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हंशपुर अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पाल्पा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्वखोला गाउँपालिका-३ रिङ्नेरह बस्ने ३१ वर्षीय श्याम परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । परियारले ती महिलाको घरमा गई कोही नभएको अवस्थामा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनपालथान गाउँपालिका-५ कर्सिया बस्ने ६० वर्षीय पुरण ऋषिदेवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ऋषिदेवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।