प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०२-२२

  • A
  • A-
  • A+
Share

ललितपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका-१ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गोदावरी नगरपालिका-१ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३ -०१-०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार