प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिक प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२०७९-०३-०३

  • A
  • A-
  • A+
Share

बारा, कलैया उपमहानगरपालिका-९ बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको पिक प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय बजरंगी साह तुरहालाई प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित आँप बगैचामा रहेको फुसको छाप्रो घरमा अहमदलाई जेठ २७ गते दिउँसो हत्या गरी ढोकामा बाहिरबाट ताल्चा लगाई राखेको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा बजरंगीले हत्या गरी मृतकसँग भएको मोवाइल तथा नगद समेत खोसी फरार भएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनी उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमती लिइ थप अनुसन्धान भइरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।