अटो मेकानिक्स तालिम संचालन
२०७९-०४-१०
- A
- A-
- A+
काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा आठौं समूहको अटो मेकानिक्स तालिम संचालन भएको छ ।
उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले महाशाखामा मंगलबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक कर्णले समय सापेक्ष दक्ष मेकानिक्स उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले बढी भन्दा बढी ज्ञान हासिल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक अनुप क्षेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा १ सय २० दिन कार्य अवधिको उक्त तालिममा २५ जना प्राविधिक प्रहरी जवानहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।