चाँदीको कचौरा र भारतीय रूपैयाँसहित एक जना पक्राउ
२०८०-०७-२४
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट बिल तथा कागजात नभएको ७ सय ग्राम तौल भएको चाँदी जस्तो देखिने धातुको कचौरा ७ पिस र ५ सय र १ सय दरका गरी जम्मा ६४ हजार ७ सय भारतीय रुपैयाँसहित नुवाकोट तादी गाउँपालिका-४ बस्ने ४१ वर्षीय अर्जुन विकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५६५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त धातु र रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।