जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८२-०६-२४
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-८ किसनभिट्टा बस्ने ५० वर्षीय ओमनाथ उप्रेतीको घरमा जुवातास खेलिरहेको अवस्थामा ओमनाथ समेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।