दुई सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०७९-०३-२३
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरबाट २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ ठेगाना भएका २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा ठेगाना भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।
परवानीपुरको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले यूपी २१ एएन ९९५७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा क्यावीनमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रकमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।