प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८१-०१-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख २०१८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङलाई उक्त चरेशसहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय सन्तोष जाग्री र २७ वर्षीय निराजन बोहरा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले सन्तोषलाई २७ मिलिग्राम र निराजनलाई ९४ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो । 

झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४३ ग्राम १५ मिलिग्रामसहित धादिङ खन्याबास गाउँपालिका-५ बस्ने २० वर्षीय विनोद तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३३ ग्राम ३ सय ४० मिलिग्राम र अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका-२ बस्ने २९ वर्षीय अभिषेक चौलागाई र अर्जुनधारा नगरपालिका-१ बस्ने ४१ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बिराट आदर्श टोलबाट अवैध लागूऔषध खैरो हेरोइन ३९ ग्राम १० मिलिग्रामसहित बैतडी दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१२ पटरीघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अथायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको से.३ प ४२८९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

सिरहा, कर्जन्हा नगरपालिका-३ जनक चोकस्थित बन्दीपुरे होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिष्णुपुर गाउँपालिका-३ बस्ने २६ वर्षीय बिने कुमार यादव र मिर्चैया नगरपालिका-३ बस्ने २८ वर्षीय मनिष प्रसाद यादव रहेका छन् । उक्त होटलमा अवैध लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

चितवन, राप्ती नगरपालिका-८ स्थितबाट अवैध लागूऔषध गाँजा २ किलोसहित भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा थ्री ग्रुपबाट बिरेन्द्रनगरतर्फ जाँदै गरेको ना.७ प ६५१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देख्नासाथ इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार दुवै जनालाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित १२ जना पक्राउ
२०८१-०१-२१

चितवन, ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जिवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।झापा, बिर्तामोड नगरपालिका-६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र ईलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही  उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०१-२०

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतज्यन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने २० वर्षीय मोहमद सहनवाजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । महोत्तरी, पिपरा गाउँपालिका-१ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय ८९ एम्पुल, डाइजेपाम ४ सय ८८ एम्पुल र टयालगेसिस ४ सय ९१ पिससहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत मधुवनी रामपुर बिरिज बस्ने ३० वर्षीय महमद गुल्जार उर्फ चुलाई र पर्सा मटिहानी नगरपालिका-४ बस्ने १७ वर्षीय किशोर रहेका छन् ।  इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको प्रहरीले मटिहानीबाट जनकपुरतर्फ जाँदै गरेको ज.१ ह २७३४ नम्बरको ट्याम्पुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्याम्पु चालक किशोर र ट्याम्पुमा सवार महमदलाई पक्राउ गरेको हो । चितवन, इच्छाकामाना गाउँपालिका-३ फिसलिङबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ बस्ने १९ वर्षीय जिवन लामा र २२ वर्षीय प्रकाश तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८१-०१-२०

झापा, बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८२ मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय अरूण रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाजुरा, बुढिगंगा नगरपालिका-५ घर भई हाल सोही नगरपालिका-६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९७ मिलिग्राम र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८१-०१-१९

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान बस्नेहरू २२ वर्षीय अनक राई, ३२ वर्षीय अविजल थापा तथा २२ वर्षीय मोहन राई र भोजपुर आमचोक बस्ने २२ वर्षीय विशन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र  इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले को.३९ प १७४५ नम्बरको स्कुटरमा सवार अनक राई र विशन राईलाई १ ग्राम ६० मिलिग्राम तथा को.३२ प ५४२६ नम्बरको मोटरसाइकलमा सवार अविजल थापा र मोहन राईलाई १ ग्राम २ सय ४० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० विष्णुपादुकास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोसहित सहिदभूमी गाउँपालिका-१ घर बताउने २४ वर्षीय अनिल कटुवाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको संयुक्त टोलीले प्रदेश १-०६-००१ प ००८३ नम्बरको मोटरसाइकलमा सवार कटुवाललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बर्दिया, मधुबन नगरपालिका-७ गोपाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-५ गाउँ नम्बर ११ बस्ने २९ वर्षीय रमेश चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २१ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-१५ सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्रामसहित सोही नगरपालिका-१५ भागागोला बस्ने २६ वर्षीय पर्वत राजबंशीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी झापा, अर्जुनधारा नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सरोज गहतराजलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।यसैगरी झापा, गौरीगंज गाउँपालिका-४ बारासुतिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने १९ वर्षीय लुखिराम बास्की र २३ वर्षीय योगेश राजबंशी रहेका छन् । इलाका प्रहरी कार्यालय खजुरगाछीबाट खटिएको प्रहरीले भारतबाट गौरीगंजतर्फ आउँदै गरेको को.१७ प ४८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पर्दाथसहित पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित कैलाश गाउँपालिका-१० बस्ने ४० वर्षीय पाल्साङ मोक्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ५२६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ
२०८१-०१-१८

झापा, झापा गाउँपालिका-३ कामाटोलीबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १६ ग्राम ६० मिलिग्राम, दाउ थान १ र खुकुरी थान १ सहित सोही गाउँपालिका-४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले आलमलाई नियन्त्रणमा लिने क्रममा निजले आफ्नो साथमा रहेको दाउ र खुकुरीले प्रहरीमाथि आक्रमण गर्न खोजे पश्चात प्रतिरक्षा स्वरूप प्रहरीले गोली फायर गर्दा गोली लागेर सामान्य घाइते भएका छन् । उनलाई तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा लगिएको छ । कैलाली, गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका बस्ने २३ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।