ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-०४
- A
- A-
- A+
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने उदयपुर त्रियुगा नगरपालिका-३ घर भएका ३८ वर्षीय ओम प्रकाश कटवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ मितेरीटोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।