सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०५-३१
- A
- A-
- A+
तनहुँ, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी व्यास नगरपालिका-७ कलेस्ती घर भई सोही नगरपालिका-३ सिर्जनाटोल बस्ने ४० वर्षीय लाल प्रसाद प्रधानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत चितवनको २०७७ चैत ३० गतेको फैसलाले उक्त मुद्दामा ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाही लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।