पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको १२ औं साधारण सभा सम्पन्न
२०८१-०३-२१
- A
- A-
- A+
काठमाडौं, पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको १२ औं साधारण सभा शुक्रबार सम्पन्न भएको छ । अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उहाँले प्रहरी सेवामा रहँदा आफ्नो अनुभव बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर श्रेष्ठ लगायत ७५ वर्ष माथिका अवकाश प्राप्त प्रहरीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले शुभकामना सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।
परिषद्का अध्यक्ष अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपत्यका संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक शारदा भट्ट रंजितले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने केन्द्रीय महासचिव अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले २०७९/०८० को कार्य प्रगति प्रतिवेदन, कोषाध्यक्ष अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक केशवराज भट्टराईले २०७९/०८० को लेखापरीक्षण तथा आय-व्यय प्रतिवेदन र केन्द्रीय महासचिव सनन्दन प्रसाद कुर्मीले २०८०/०८१ को कार्य योजना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंबाट खटिएको चिकित्सकीय टोलीले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको स्वास्थ्य परिक्षण गरेको थियो ।
उक्त कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।