अवैध आतिसबाजी एवं पटाका सहित पक्राउ
२०७८-०६-२४
- A
- A-
- A+
काठमाडौं, ललितपुर महानगरपालिका-१ कुपण्डोल गुसिंगल बस्ने बारा गढीमाई नगरपालिका-३ गञ्जभवानीपुर घर भएका ३० वर्षीय उमेश कुमार जैसवाललाई करिब २० लाख रुपैयाँ मूल्य बराबरको १ हजार ४ सय ९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न मितिमा उपत्यका बाहिरबाट गैह्रकानूनी रुपमा लुकाई ल्याएको पटाका, भुईचम्पा लगायतका आतिसबाजी जन्य विष्फोटक पदार्थहरु बिक्री गर्न भण्डारण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाटे खटिएको प्रहरीले जैसवालले ललितपुर महानगरपालिका-९ कुपण्डोल गुसिंगलस्थित टहरा भाडामा लिई भण्डारण गरेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।