प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

२०८२-०८-२१

  • A
  • A-
  • A+
Share

सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद १२ लाख २९ हजार रूपैयाँ सहित भारत बिहार सितामढी ग्राम पंचायत सोनवर्सा-२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-०९-२५

काठमाडौं, कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।वाइड स्पेस इन्टरनेश्नल प्रालिका नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातहरुको दुरूपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ हजार ३ सय ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रूपैयाँ ७६ पैसा बराबरको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, विभिन्न कम्पनीका सिमकार्ड २० थान, पेन ड्राईभ १ थान र मेमोरी कार्ड १ थान समेत बरामद गरेको छ । उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-०९-२३

सिराहा, कर्जन्हा नगरपालिका-१ बाल्टिया बस्ने १७ वर्षीया बालिकाको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा धनुषा छिरेश्वरनाथ नगरपालिका-३ बटैया टोल बस्ने ४५ वर्षीय राम बालक चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कर्जन्हा नगपालिका-२ स्कुल टोलस्थित कमला सिंचाई नहर नजिकै झाडीमा ती बालिकाको शव मंसिर २२ गते फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।