अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-०५-२३
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ७ सय ४० ट्याब्लेट सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका २४ वर्षीय बिशाल गोले र काठमाडौं शंखरापुर नगरपालिका-१ जरसिंहपौवा घर भएका ३० वर्षीय किरण भुजेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने २९ वर्षीय राजु थारू र बाँके राप्तीसोनारी गाउँपालिका-९ ढकेरी बस्ने २९ वर्षीय अनिल थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, बाँसगढी नगरपालिका-८ ककौराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईज अचकवा बस्ने २४ वर्षीय पंकज चौधरी र २० वर्षीय निर्मल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-८ तिनकुने चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो ७२ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने २८ वर्षीय राकेश दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प २८५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-२० कोकाहा खोला छेउबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १९ वर्षीय निवास राई र २३ वर्षीय रोशन राई रहेका छन् । अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरीले चाँदीबजारबाट विष्णुपादुकातर्फ आउँदै गरेको प्र.०१-०५-००१ प ०५९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपलिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय अरूण गहतराजलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-४ गैह्रापाटन बस्ने मादी गाउँपालिका-३ याङ्जाकोट घर भएका २८ वर्षीय राजेन्द्र परियारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ४६ एम्पुल, डाईजेपाम १ सय ४६ एम्पुल र फेनारगन १ सय ४७ एम्पुल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट सहित लमजुङ बेसीशहर नगरपालिका-७ बस्ने २६ वर्षीय सुनिल गुरूङलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट बेसीशहर तर्फ जाँदै गरेको बा.३ ख २३८३ नम्बरको हाइसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित गोरखा, गोरखा नगरपालिका-१३ तिनकिलो बस्ने ३० वर्षीय अपिल नेपालीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको बा.प्र.०२ -००१ ख ९९१४ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-९ अण्डैया टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ झरना खोला बस्ने २४ वर्षीय गोविन्द बहादुर कठायतलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।