अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
२०८३-०३-१२
- A
- A-
- A+
काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८६ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४२ वर्षीय टेक बहादुर थापा मगर र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २४ वर्षीय सन्त बहादुर बस्नेत रहेका छन् । पक्राउ मध्ये टेक बहादुरलाई ६ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट मंगलबार र सन्त बहादुरलाई ८० ग्राम खैरो हेरोइन सहित ललितपुर महानगरपालिका-७ बालकुमारीबाट बिहीबार पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ८ सय २० मिलिग्राम सहित काठमाडौं कोटेश्वर बस्ने भारत बिहार पुर्वी चम्पारण-१७ परेउवा रौक्सौल घर भएका २९ वर्षीय नरेश कुमार ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ०५९९ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-२ माथिलो भंगालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २८ वर्षीय जंग बहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध चुच्चेपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू काठमाडौं चुच्चेपाटी बस्ने २५ वर्षीय अर्जुन मास्के र ललितपुर सातदोबाटो बस्ने झापा घर भएका २४ वर्षीय बिशाल सुनुवार रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले प्र.३-०२-००२ प ४०२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित आनन खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय ५७ ट्याब्लेट सहित खाजा घर संचालिका सोही ठाउँ बस्ने मकवानपुर घर भएकी २५ वर्षीया गौरी देवी बलामी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-३ गोकर्ण सुन्ताखानबाट अवैध लागूऔषध गाँजा २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अबिनाश खत्री समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ फोकल्याण्डबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार १ सय ८५ ट्याब्लेट र कोलिवान ४ हजार १ सय ८५ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आङदावा तामाङ र १९ वर्षीय बुद्ध दर्जी रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, रामधुनी नगरपालिका-६ सौरना बस्ने ४८ वर्षीय विजय राजधामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६२ ग्राम ९ सय ३० मिलिग्राम र नगद ६३ हजार ८ सय २० रूपैयाँ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-३ भरौलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८ ग्राम र नगद १ लाख ८२ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने ४२ वर्षीय बिष्णु धामी र ३६ वर्षीय रूद्र बहादुर सुवेदी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-५ सुब्बा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने रोशन श्रेष्ठ र अर्जुनधारा नगरपालिका-६ बस्ने २६ वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम सहित चुलाचुली गाउँपालिका-३ बस्ने २६ वर्षीय बिवेक राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-१० कालाखुट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय गोरू भन्ने नसरू मिया र ६० वर्षीया अक्लिमा खातुन रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-८ रूपाटोल बस्ने ३२ वर्षीय ईन्द्र प्रसाद गिरी र सोही नगरपालिका-७ निलकण्ठ टोल बस्ने ३८ वर्षीया सन्जु खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-१० दनुवार बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय अस्पात शेखलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने पाँचथर घर भएका २४ वर्षीय हितेश तावाहाङ र १९ वर्षीय निरोज तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय अनिल लुईटेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित सोही नगरपालिका-७ बोक्तोबारी बस्ने १६ वर्षीय बालकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित कोहलपुर नगरपालिका-१ कौसिलानजर बस्ने २६ वर्षीय जोग बहादुर विकलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० रामघाटबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २१ एम्पुल र नोर्फिन १८ एम्पुल सहित सोही ठाउँ बस्ने ३२ वर्षीय विकास नेपालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१६ याङकुली महाबिहार दौबाहालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नगद ६ हजार ५० रूपैयाँ सहित सोही महानगरपालिका-११ बंगलामुखी ईखाछे बस्ने भक्तपुर घर भएका २१ वर्षीय दिप्सन दर्शनधारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र नगद ४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-९ बस्ने ३० वर्षीय जिबन महर्जनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० बस्ने ३४ वर्षीय साजन तण्डुकारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।
रूपन्देही, देवदह नगरपालिका-१० चरङगेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय सागर परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ भेटघाट चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ४० ट्याब्लेट र डाइक्लोमाइन २ हजार २ सय ४० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय सुरज ऋषिदेव, २७ वर्षीय लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ बस्ने ४८ वर्षीय उमर हुसेन र सुनबर्सी नगरपालिका-२ बस्ने २२ वर्षीय सागर गनगाई रहेका छन् । अस्थायी प्रहरी पोष्ट हसन्दहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।