प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४६ जना पक्राउ

२०८०-०७-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो । 

धादिङ, निलकण्ठ नगरपालिका-३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

तेह्रथुम, लालिगुँरास नगरपालिका-२ प्रगती टोल बस्ने ३८ वर्षीय बीर बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेल्दा खेल्दै १४ जना पक्राउ
२०८०-०८-२१

ललितपुर, ललितपुर महानगरपालिका-३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२४ धापाखेल बस्ने महांकाल गाउँपालिका-४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र  १६ थान कौडासहित पक्राउ गरेको हो ।काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङगास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय संजिब बस्नेत सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५  हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
२०८०-०८-१९

काठमाडौं, टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७  बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२  घर भएका  ५५ वर्षीय अचुत सिलवाल समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यसैगरी, काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठ समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।