प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

२०८१-०३-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ स्थित यातायात कार्यालय नजिक बस्ने ४२ वर्षीय प्रकाश पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय ४५ रूपैयाँ र १ सय ६० पत्ती तास सहित पक्राउ गरेको हो । 

डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐर समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार १ सय ५ रूपैयाँ र १ हजार १ सय ६५ पत्ती तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।