प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

२०८३-०२-२२

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम, त्रिवेणी गाउँपालिका-४ लामाखेत बस्ने बिमल बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नन्दराम बाठा समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिम्रुतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार १ सय ५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ पुरानो थिमीस्थित चुलाढुंगे रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेण्टका सञ्चालक सोही ठाउँ बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-४ घर भएका ४१ वर्षीय कुलदिप राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ६ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।