प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवौं राष्ट्रिय खेलकुद : हाल सम्म नेपाल प्रहरीलाई २९ स्वर्ण

२०७९-०७-०१

  • A
  • A-
  • A+
Share

कास्की, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हाल सम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले २९ स्वर्ण, १९ रजत र ३३ कास्य गरी कुल ८० पदक प्राप्त गरेको छ । 

विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ३ कास्य, पुरूष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, करातेमा ७ स्वर्ण, २ रजत र ४ कास्य, कुस्तीमा ४ कास्य, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, तेक्वान्दोमा ८ स्वर्ण,३ रजत र १ कास्य, पौडीमा १ स्वर्ण, ४ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट करातेमा १ स्वर्ण, १ रजत र २ कास्य, बुद्धिचालमा १ रजत, भारोत्तोलनमा ४ स्वर्ण र ३ रजत, लन टेनिसमा ३ कास्य, ब्याडमिन्टनमा १ कास्य तथा शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ८१ पदक प्राप्त गरेको हो । नेपाल प्रहरीका खेलाडीहरूमध्ये महिलातर्फ ११ स्वर्ण, ९ रजत र १८ कास्य,  पुरूषतर्फ १६ स्वर्ण, १० रजत र १५ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण पदक जित्न सफल भएका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय १० मिटर पुरूष हर्डल्समा नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले रजत पदक प्राप्त गरे । उनले निर्धारित दुरी १५.८१ सेकेन्डको समयमा पुरा गरी रजत जितेका हुन् । यसैगरी एथलेटिक्सको डिस्कस थ्रोमा नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत प्राप्त गरे । उनले ३२.७५ मिटर दुरी फ्याल्दै सो पदक जितेका हुन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत  सोमबार भएको कुस्ती खेलमा नेपाल पुलिस क्लबका सन्धया दुवे, सालु कुमारी, बिनोद सहनी र दिपेश राउत कमकरलर कास्य पदक जितेका छन् । यसैगरी करातेमा नेपाल पुलिस क्लबका सन्तोष श्रेष्‍ठ, एरिका गुरुङ र नविन रसाईलीले स्वर्ण जितेका छन् भने स्विकार राई र सुनिता महर्जनले कास्य पदक जिते । यस्तै टेबल टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्स ईभेन्टमा नेपाल पुलिस क्लबका विनेश खनिया र श्यान्टु श्रेष्‍ठले स्वर्ण जितेका छन् । 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सोमबार भारोत्तोलन प्रतियोगितामा नेपाल पुलिस क्लबकी टिकामाया गुरुङले स्वर्ण पदक जित्न सफल भइन् । उनले स्न्याचतर्फ ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । सोही प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबका देवी कुमारी चौधरी र अशोक कुमार शाहले कास्य पदक प्राप्त गरे ।  यस्तै पोखराको सभाहलमा सोमबार भएको शरीरिक सुगठन प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका सुकदेव कार्कीले रजत जिते भने रत्न सुन्दर डाकुसी, सुरज डंगोल र सनम मुलगुठीले कास्य पदक जिते । यस्तै लन टेनिस प्रतियोगिता अन्तर्गत वुमेन्स डबल्समा नेपाल पुलिस क्लबकी बिष्णा भण्डारी र शिषम चन्दले कास्य पदक प्राप्त गरे । 

यसैगरी पोखराको फिसटेल एकेडेमीमा सोमबार भएको पौडी प्रतियोगिता अन्तर्गत पुरूषतर्फ ४०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लबका गौरव लामा, दिपंकर अवाले, संकर्षण बहादुर रघुवंशी र सुविज्ञ मान तुलाधर सम्मिलित टिमले रजत पदक प्राप्त गरे । उनीहरूले निर्धारित दुरी ३ मिनेट ४६.३७ सेकेन्ड समयका साथ रजत जितेका हुन् । यस्तै सोही प्रतियोगिता अन्तर्गत महिलातर्फ २०० मिटर ब्रेष्टस्ट्रोकमा नेपाल पुलिस क्लबकी अदिप्सा वैधले कास्य पदक जित्न सफल भइन् । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको तेक्वान्डोमा नेपाल पुलिस क्लबका ईन्दिरा राई र अभिशेक बरालले स्वर्ण पदक जिते भने आशुतोष बरालले रजत पदक प्राप्त गरे । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-१६

बैतडी, दोगडाकेदार गाउँपालिका-७ खोचलेक बजार बस्ने ५० वर्षीय वीर सिंह कार्कीलाई अवैध लागूऔषध चरेश १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कार्कीले संचालन गरेको किराना पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  झापा, विर्तामोड नगरपालिका-५ जात्रुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित भारत घर भएका २५ वर्षीय दिलसाद रहमान समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले डब्लुबि ७४ बि ए ६७७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-२ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ४९ एम्पुल, नुर्फिन १ सय ४६ एम्पुल र फेनारगन १ सय ५० एम्पुल सहित सोही नगरपालिका-२ बस्ने ३९ वर्षीय सञ्जु राई समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब १५ केजी अवैध लागूऔषध गाँजा फेला पारी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले बसपार्कस्थित पुरानो नारायणी काउण्टरको बाहिर प्यासेजमा वेवारिसे अवस्थामा रहेको २ वटा झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-१०-१६

तेह्रथुम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ललितपुर, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ
२०७९-१०-१६

पर्सा, मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका-२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका-१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका-२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका-२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका-२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका-९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् । सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिई अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-१६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९  बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, ३ दिन कैद र ३८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ बौद्धबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।