प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०२-०३

  • A
  • A-
  • A+
Share
स्याङजा, पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ शुक्लागण्डकी नगरपालिका-११ कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बिकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
स्याङजा हरिनास गाउँपालिका-४ राम्चेस्थित नातेदारको घरमा आएका बिकले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित चौतारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चिसापानी र प्रहरी चौकी चित्रेभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार