अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-०१-१४
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय संतोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाडीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ५ सय ८० ग्राम सहित गौरीगंगा नगरपालिका-८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।