स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-०४-१२
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ८८ हजार रूपैयाँ सहित भारत घर भएका ५२ वर्षीय सुरेन्द्र कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट वीरगंजतर्फ आउँदै गरेको बा.५६ प ५५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।