प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित चार जना पक्राउ

२०८०-०७-१८

  • A
  • A-
  • A+
Share

जुम्ला, चन्दननाथ नगरपालिका-४ बस्ने ४७ वर्षीय श्री सार्की रम्तेललाई अवैध लागूऔषध चरेश ३ ग्राम २ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रम्तेलले आफ्नै घरमा संचालन गरेको खुद्रा पसलमा लागूऔषध चरेश बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै पसलमा बसिरहेका सोही ठाउँ बस्ने २१ वर्षीय रूबिन मल्ललाई ७ सय ६० मिलिग्राम अवैध लागूऔषध चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१२ नौरङगे बस्ने ३३ वर्षीय बिशाल दराई र सोही महानगरपालिका-९ बस्ने २३ वर्षीय अमृत दुरा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.-०३-००१ख १७२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-०४

  कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-९ शनिमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जिवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.१-०२-०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका-१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८१-०४-०४

डोल्पा, ठुलीभेरी नगरपालिका-३ दुनैबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १० ग्राम ७४ मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका-८ बस्ने ३६ वर्षीया सितली बिक, रूकुम पश्‍चिम आठबीसकोट नगरपालिका-११ बस्ने २३ वर्षीय नविनजंग शाह र २१ वर्षीय करण पुन मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय भज्जि रानालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, सुनवर्सी नगरपालिका-६ बालुबारी बस्ने ३० वर्षीया मधुदेवी मेहतालाई अवैध लागूऔषध गाँजा करिब ३ किलो ७ सय ९० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-०३

दाङ, घोराही उपमहानगरपालिका-१६ बर्धन्ने बस्ने  २३ वर्षीय बिक्रम घर्ती मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम, ट्रामाडोल १ हजार २५ पिस र नगद ६० हजार ५ सय रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेक प्वाईन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१७ परस्पुर बस्ने २० वर्षीय तिलक नागलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा २६ किलो सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य सुमौली बस्ने ३० वर्षीय दिपक चन्द्र देव र  मकवानपुर राक्सिराङ गाउँपालिका-२ बस्ने २८ वर्षीय अन्जन शाह रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले बा. ४ च ५२७ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक दिपक र कारमा सवार अन्जनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

एक किलो एक सय ग्राम कोकिन सहित दुई जना पक्राउ
२०८१-०४-०२

काठमाडौं, काठमाडौंस्थित होटलमा बस्दै आएका २ जना विदेशी नागरिकलाई १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिन सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाइजेरियन नागरिक ४४ वर्षीय IKECHUKWU CYRIL OBODOEFULA र भारतीय नागरिक २४ वर्षीय FAHIMUDDIN NASIMUDDIN ANSARI रहेका छन् ।  काठमाडौं महानगरपालिका-९ पिङ्गलास्थानस्थित होटल बागमतीको कोठा नम्बर १०४ मा बसेका नाइजेरियन नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको क्रममा कोकिनका क्याप्सुलहरू काठमाडौं महानगरपालिका-२६ स्थित होटल हानाको कोठा नम्बर १०२ मा बस्दै आएका भारतीय नागरिकलाई दिएको भनी खुल्न आएपछि उनको कोठा तलासी गर्दा ६२ वटा  क्याप्सुलहरूबाट उक्त परिमाणको कोकिन फेला परेको हो ।  उनीहरूलाई जिल्ला अदालत काठमाडौंमा पेस गरी लागूऔषध कोकिन मुद्दामा म्याद थप गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।