नेपाल प्रहरीको महिला फुटबल टिम फाइनल प्रवेश
२०७९-०७-०१
- A
- A-
- A+
स्याङजा, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत मंगलबार भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लबले १ नम्बर प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
स्याङजाको वालिङमा भएको खेलमा नेपाल पुलिस क्लबले १ नम्बर प्रदेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो । नेपाल पुलिस क्लबको लागि रेखा पौडेल, निर्मला बिक र निर्मला उपाध्यायले समान १ गोल गरेका थिए । नेपाल प्रहरीको महिला फुटबल टिमले कात्तिक ३ गते फाइनल खेल खेल्नेछ ।