प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०३-३१

  • A
  • A-
  • A+
Share

झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ मिलडाँडा बस्ने ४५ वर्षीय टेम्पा माली सतारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सतारले ती किशोरीलाई विभिन्न प्रलोभन देखाई आफ्नै घरमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीमाबाट खटिएको प्रहरीले सतारलाई पक्राउ गरेको छ । 

नुवाकोट, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुप्चेश्वर गाउँपालिका-२ पाङगर बस्ने १९ वर्षीय सुनिल तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ललाई फकाई गाउँको बाटो छेउमा रहेको पुरानो घरमा लगी तामाङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार