प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८१-०२-०४

  • A
  • A-
  • A+
Share

नवलपरासी पूर्व, बौद्विकाली गाउँपालिका-६ पोखरीछाप बस्ने ५६ वर्षीय चन्द्र बहादुर सिंजाली मगरलाई एकनाले भरूवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय डेढगाउँबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित डेढगाउँबाट नरम जाने बाटोमा उक्त बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार