अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-१५
- A
- A-
- A+
ललितपुर, अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका-२ गुसिङगाल बस्ने रौतहट ईशनाथ गाउँपालिका-३ घर भएका ४७ वर्षीय ईन्दल महोतो कोईरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले गुसिङगालबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ ।