प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६६औं प्रहरी दिवस २०७८ को अवसरमा मृगौला रोगको आधारभूत जाँच कार्यक्रम सम्पन्न

२०७८-०६-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, २०७८ असोज ११ गते

 ६६औं प्रहरी दिवस २०७८ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार आयोजित मृगौला रोगको आधारभूत जाँच कार्यक्रममा कूल ८ सय २६ जनाको मृगौला जाँच गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरू समेत ६ सय ४४ जना पुरुष र १ सय ८२ जना महिला गरी जम्मा ८ सय २६ जनाको आधारभुत मृगौला जाँच गरेको हो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा सोही अस्पतालकी प्रहरी उपरीक्षक डा. दिवा शर्माले मृगौला रोग तथा यसको उपचार साथै रोग सम्बन्धी अपनाउनुपर्ने सावधानीहरु सम्बन्धी चेतनामूलक डकुमेन्ट्री प्रस्तुतीकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।